नेभिगेशन
अर्थतन्त्र

इसेवाले संकटापन्न वन्यजन्तु रेड पान्डाको बासस्थान संरक्षणमा सहयोग गर्ने

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा संकटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ  । ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार रुपैयाँ र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ योगदान गर्नेछ  ।  
एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा प्रतियोगितामा प्रहार हुने प्रत्येक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षण कार्यका लागि उक्त रकम योगदान गर्ने भएको हो । यस सम्बन्धमा इसेवा, रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालबीच त्रिपक्षीय साझेदारी भएको हो ।  
एनपीएलमा प्रहार हुने बाउन्ड्रीबापत इसेवाले योगदान दिने रकम रेड पान्डाको प्राकृतिक बासस्थान पुनस्र्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न उपयोग गरिनेछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ –आईयूसीएन) को रातो सूचीमा संकटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको संरक्षणका लागि बासस्थानको सुरक्षा र पुनस्र्थापना महŒवपूर्ण मानिन्छ । यस अभियानअन्तर्गत रेड पान्डाको बासस्थान रहेको इलाम तथा पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन–जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।  
यसअन्तर्गत स्थानीय प्रजातिका बिरुवा रोप्ने, रोपिएका बिरुवाको संरक्षण तथा हेरचाह गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनस्र्थापना गर्ने कार्यहरू समावेश हुनेछन् । यस अभियानअन्तर्गत करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनस्र्थापना गर्ने, १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने र स्थानीय समुदायका लागि करिब ६०० श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ  । रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइनेछ ।  
अभियानबारे जानकारी दिँदै इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले नेपाल प्रिमियर लिग सम्पूर्ण क्रिकेटप्रेमीका लागि ठूलो उत्सव भएको बताउँदै खेलको यही उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरिएको बताए । 
यसैगरी, रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले क्रिकेटको लोकप्रियतालाई रेड पान्डा संरक्षणसँग जोड्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले संरक्षण र समुदायको हितमा काम गर्न थप प्रोत्साहन मिलेको बताए  । 
त्यस्तै, रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले क्रिकेटको ऊर्जालाई रेड पान्डाको भविष्यसँग जोडेकोमा इसेवाप्रति आभार व्यक्त गर्दै यस सहकार्यले रेड पान्डाको  बासस्थान संरक्षण र हरित रोजगारी सिर्जनामा महŒवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय