नेभिगेशन
अर्थतन्त्र

चितवनमा तोरी उत्पादन घट्यो

चितवन । चितवनमा तोरी उत्पादन घटेको छ । गत वर्षको तुलनामा यो वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१  मेट्रिक टन उत्पादकत्व रहेकामा यो वर्ष १.०१ मा झरेको छ । त्यस्तै गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकोमा यो वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ ।
जिल्लामा १४ हजार १७३ हेक्टरमा तोरीखेती गरिँदै आएको छ । उनका अनुसार तोरी उत्पादनमा कमी आउनु बेमौसमी पानी पर्नु प्रमुख कारण हो । यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता आएको थियो । फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारोका कारण पनि तोरीको उत्पादन घटेको हो ।
चितवन तोरी उत्पादनका लागि महŒवपूर्ण जिल्ला हो । नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि बढेका हुन् । विशेषगरी जंगली जनावरले तोरीमा क्षति नपु¥याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको पौडेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्