नेभिगेशन
अर्थतन्त्र

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवं सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा. अच्युतप्रसाद वाग्लेको उपस्थितिमा सोमबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्राडा.राजीव श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् विश्वविद्यालयबाट वार्षिकरूपमा कोषकट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ । कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्नेलगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ ।
विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी पनि कोषले प्रदान गर्नेछ । त्यसैगरी विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्