नेभिगेशन
अर्थतन्त्र

कन्स्ट्रक्सन होलिडे घोषणा गर्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरूप मूल्य समायोजन गर्न नेपाल सरकारसँग माग गरेको छ । मूल्यवृद्धि स्थिर नभएसम्म सम्पूर्ण आयोजनाको निर्माण कार्य स्थगित गर्ने गरी कन्स्ट्रक्सन होलिडे घोषणा गर्न पनि महासंघले माग गरेको छ ।
एकातिर बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि हुने र अर्कोतर्फ राष्ट्र बैंकबाट जारी हुने मूल्य सूचकांक (प्राइस इन्डेक्स) वास्तविक नहुने भएकाले मूल्य स्थिर नहुँदासम्मका लागि सरकारको तर्फबाट नै कन्स्ट्रक्सन होलिडे घोषणा गर्न महासंघले माग गरेको हो ।
मध्यपूर्व र पश्चिम एशियामा देखिएको युद्धको परिवेशको कारण देखाउँदै नेपाल आयल निगमले निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल, एलपीजी ग्याससहितका इन्धन सामग्रीमा भारी मूल्यवृद्धि गरेकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । निर्माण कार्य हुने अहिलकै सिजनमा इन्धन सामग्रीमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्