नेभिगेशन
राजनीति

रास्वपाको सांसद अभिमुखीकरणमा किन गएनन् बालेन र रवि ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदका लागि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएनन्।

उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरे । उपसभापति अर्यालका अनुसार दुवै नेता स्वास्थ्य अवस्था र व्यस्तताका कारण उद्घाटन सत्रमा उपस्थित हुन सकेनन्, यद्यपि स्वास्थ्य समस्याबारे विस्तृत जानकारी भने दिइएको छैन।

यसअघि तय कार्यक्रमअनुसार बालेनले उद्घाटन र रविले समापन गर्ने तालिका रहेको थियो। अब बालेनलाई समापन सत्रमा सहभागी गराउने प्रयास भइरहेको जनाइएको छ।

बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधिको भूमिका तथा पार्टीको रणनीति र नीतिगत प्राथमिकताबारे प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । साथै संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कसरी गर्ने भन्ने विषयमा पनि स्पष्ट पारिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति