नेभिगेशन
अर्थतन्त्र

बैंकिङ कसुरमा प्रभु बैंकका डंगोल पक्राउ

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा प्रभु बैंकको कर्पोरेट र प्रोजेक्ट फाइन्नास विभागका प्रमुख दिनेश डंगोल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार डंगोललाई थापाथालीबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । ब्युरोले पक्राउ पुर्जी लिइसकेको रश्मी पन्त भने फरार छिन् । बैंककी प्रमुख बिजनेश अधिकृत (सीबीओ) पन्त हाल भारतको सहरमा लुकिछिपी बसिरहेको अनुमान छ ।
ब्युरोले अशोक शेरचनसमेत संलग्न रहेको बैंकिङ कसुरको मुद्दामा संकलन भएका तथ्य प्रमाणहरू तथा विज्ञ टोलीसमेतले अध्ययन विश्लेषण गर्ने क्रममा ललितपुर जिल्ला साविक सुनाकोठी गाविस वडा नं. ७ हालको परिवर्तित ललितपुर महानगरपालिका वडा नं. २७ घर भएका डंगोललाई पक्राउ गरिएको हो ।
डंगोलसमेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुनविपरीत कार्य गरी प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रालिसमेतमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने÷गराउने कसुरमा डंगोल पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्