नेभिगेशन
साहित्य

बाबुछोराको 'वंशवृक्ष' सार्वजनिक

काठमाडौं । पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल र उनका पुत्र अनिमेषद्वारा लिखित संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, राधेश्याम लेकाली, प्रा. विष्णु केसी, कलानिधि दाहाललगायत साहित्यकारले उक्त कवितासंग्रह लोकार्पण गरेका हुन् ।
यो कवितासंग्रहमा पुरुषोत्तमका १७ र अनिमेषका १३ कविता समेटिएका छन् । कृतिमाथि प्रा. विष्णु केसी र खेमनाथ दाहालले समीक्षात्मक चर्चा गरेका थिए ।
मिलाप पब्लिकेसनद्वारा प्रकाशित गरिएको उक्त कृतिको विमोचनको अवसरमा बाबुछोरा दाहालद्वयले आफ्ना कविताहरू वाचन गरेका थिए । 
कवितामाथि डा कुलप्रसाद कोइराला, उपप्राध्यापक घनेन्द्र ओझा, साहित्यकार राधेश्याम लेकाली लगायतले समीक्षासँगै अनिमेषको काव्यचेतको प्रशंसा गरेका थिए । विदेशमा रहेर पनि नेपाली साहित्यमा अनिमेषले महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा पनि गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्