नेभिगेशन
राजनीति

नयाँ सरकार गठन गर्न संवादमा जुटे रवि, बालेनलगायत रास्वपाका शीर्ष नेता

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पनि सरकार गठनका लागि संबादमा जुटेका छन् ।

बिहीबार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरु डीपी अर्याल र स्वर्णिम वाग्ले संबादमा जुटेका हुन् । 

बालेन सचिवालका अनुसार उनीहरूबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको छ । आगामी सरकारमा कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने, पार्टीबाट कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिनेलगायत विषयमा सहमति जुटाउन उनीहरू संबादमा जुटेको रास्वपाले जनाएको छ । 

रास्वपाले हालै नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यासका सम्बन्धमा अभिमुखीकरण दिएको थियो । निर्वाचन आयोगले पनि आज समानुपातिकतर्फका सांसदहरूलाई प्रमाण पत्र वितरण गरेको छ । 

यसैगरी आयोगले निर्वाचनको मतपरिणामसहितको प्रतिवेदनसमेत राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । राष्ट्रपति पौडेलले प्रतिवेदन अध्ययनपछि छिट्टै सरकार गठनको आह्वान गर्नेछन् ।

फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा एक्लैले १८२ सिटमा जित हासिल गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति