नेभिगेशन
राजनीति

प्रधानमन्त्रीको सपथ चैत १३ मा

काठमाडौं । बालेन्द्र शाहले आगामी शुक्रबार चैत १३ मा प्रधानमन्त्री पदको सपथ ग्रहण गर्ने भएका छन् । बिहीबार होटल रोय सिंगीमा शाहसँग रास्वपा सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले सरकार गठनका विषयमा छलफलमा गरेका थिए । रास्वपाका एक नेताले शाहको सपथ आगामी शुक्रबार हुने बताएका हुन् । ‘यो डेट पनि फुल एण्ड फाइनल होइन तर आजको सहमतिअनुसार चैत १३ मा बालेनले समथ लिन्ुहुने अहिलेसम्मको समझदारी छ,’ उनले भने,‘सरकार गठन र आकारका विषय अझै छलफलमै छ ।’ 
संसद् सचिवालयले बिहीबारका लागि सांसद्हरुको सपथ समारोह राखेको छ । त्यसको भोलिपल्ट शाहले प्रधानमन्त्री पदको सपथ लिने भएका हुन् ।  
सरकार गठनका विषयमा आफ्ना विशेष सहयोगीहरुसँग छलफलमा रहेका शाह आफ्नो पार्टीका सांसदहरुको दुई दिने अभिमुखीकरणमा पनि गएका थिएनन् । 
शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको रास्वपाले १८२ सिट प्राप्त गरेको छ । झण्डै दुई तिहाइ मत पाएकाले रास्वपाले सरकार गठन गर्न अन्य दलसँग सहकार्य गर्नुपर्ने आवश्यकता छैन । आफ्ना सांसदहरुलाई जथाभावी नबोल्न उर्दी गरेको रास्वपाले सरकार गठनका विषयमा व्यक्ति र आकारको खाका बाहिर ल्याएको छैन । नेताहरु सभापति रवि लामिछानेमाथिको मुद्दाको छिनोफानो पर्खिरहेको देखिएका छन् । संघीय संसद् सचिवालयले चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारीसाथ निर्माणाधीन संसद् भवनमा बैठक कक्ष तयार गर्ने कामलाई तीव्रता दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति