नेभिगेशन
अर्थतन्त्र

क्यानको महिला सशक्तीकरण कार्यक्रम

काठमाडौं । क्यान महासंघअन्तर्गतको सफ्टवेयर एन्ड सर्भिसेस कमिटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेसन तथा इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालसँगको सहकार्यमा इम्पावरिङ वुमन फर अ सेक्योर डिजिटल फ्युचर ः बिल्डिङ साइबर सेक्युरिटी लिडर्स’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको सिफलस्थित टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीमामा आयोजित कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले साइबर सुरक्षामा महिला नेतृत्व विकास गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए । पछिल्लो सामाजिक घटनाक्रमलाई जोड्दै उनले महिलाका लागि डिजिटल सुरक्षा मात्र नभई आत्मरक्षा तालिम पनि उत्तिकै आवश्यक रहेको धारणा राखे ।
त्यसैगरी, क्यान महासंघकी अध्यक्ष सुनयना घिमिरे पाण्डे तथा महासचिव चन्द्रविलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता वृद्धि र नेतृत्व विकासको रणनीतिक महत्वबारे धारणा राखे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्