काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ ।
चालु आर्थिक वर्षको साउन महिनापश्चात लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका लागि सम्झौता भएको छ ।
नेपाल टेलिकमले पहिलेदेखि नै अन्य विभिन्न देशहरुमा यो सुविधा उपलब्ध गराइरहेको छ । अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, घाना, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लाटभिया, लिच्टेन्सटाइन र लक्जेम्बर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्यूजिल्याण्ड, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेबिया, सिंगापुर, स्लोभेनिया, दक्षिण कोरिया, श्रीलंका, स्विडेन, स्विजरल्यान्ड, ताइवान–आरओसी, थाइल्याण्ड, टर्की, युएई, यूके, युएसए, उज्वेकिस्तान, भियतनाम र लाओसमा पनि रोमिङ सेवा उपलब्ध छ ।
रोमिङ सेवाअन्तर्गत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । आगामी दिनमा क्रमशः अन्य देशहरुमा समेत यो सेवा उपलब्ध कम्पनीले जनाएको छ । नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीलाई लक्षित गरी यो सेवा उपलब्ध गराएको हो ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमले भारतबाहेक माथि उल्लिखित अन्य देशमा रोमिङ सेवा स्वतः सुरु हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा सेवा सुरु गर्न मोबाइलमा कम्तिमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्छ ।