नेभिगेशन
अर्थतन्त्र

टीसीएलको अत्याधुनिक सिलिङ क्यासेट एसी बजारमा

काठमाडौं । नेपालका लागि टीसीएल ब्रान्डको आधिकारिक वितरक तथा निर्माता कम्पनी सीजी इलेक्ट्रोनिक्सले अत्याधुनिक ‘सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर’ नेपाली बजारमा ल्याएको छ । सीजीले बढ्दो गर्मीमा कार्यालय र घरलाई शीतल बनाउन उपयोगी हुने एसी बजारमा ल्याएको हो । 
टीसीएलका यी क्यासेट एसीहरू विशेषगरी कोठाको छतमा जडान गर्न मिल्ने गरी आकर्षक डिजाइनमा तयार पारिएको कम्पनीले जनाएको छ । एसीमा रहेको ‘८–वे एयर आउटलेट’ (आठ दिशाबाट हावा निष्कासन गर्ने) प्रणाली मुख्य विशेषता छ । यो प्रविधिले कोठाको कुनै एक कुनामा मात्र नभई चारैतिर र कुना–कुनासम्म समान रूपमा चिसो हावा प्रवाह गर्ने कम्पनीको दाबी छ । 
यो ब्रान्डका एसीमा अत्याधुनिक ‘इन्भर्टर’ प्रविधि प्रयोग गरिएको हुँदा बिजुलीको खपतलाई न्यून गरी प्रयोगकर्ताको आर्थिक भार कम गराउने दाबी गरिएको छ । साथै, यसमा रहेको ‘अल्ट्रा–लो नोइज’ (अत्यन्तै कम आवाज) डिजाइनले गर्दा एसी चल्दा अनावश्यक ध्वनि प्रदूषण हुँदैन ।
स्वास्थ्यलाई मध्यनजर गर्दै टीसीएलले यसमा ‘हेल्दी फिल्टर’ (स्वस्थ वायु छान्ने यन्त्र) जडान गरेको छ । यसले हावामा रहेका धुलोका कण र हानिकारक तत्वहरूलाई छान्ने काम गर्छ, जसले गर्दा प्रयोगकर्ताले सधैं स्वच्छ र ताजा हावा प्राप्त गर्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्