नेभिगेशन
अर्थतन्त्र

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ घोषणा

काठमाडौं । नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ घोषणा गरेको छ । कार्निभर चैत ४ देखि ११ सम्म सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत ग्राहकले याडिया ओविन र याडिया ई८एस प्रो मोडेलहरूमा १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै, ईएमआई सुविधा ३ हजार ९९९ प्रति महिनादेखि सुरु हुने भएकाले ग्राहकलाई स्मार्ट इलेक्ट्रिक सवारीतर्फ सहज रूपमा परिवर्तन गर्न थप सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
एक्सचेन्ज कार्निभल नेपालभर रहेका सबै याडिया सोरुममा सञ्चालन भइरहेको छ । ग्राहकलाई नजिकको सोरुममा गएर यी विशेष अफरबाट लाभ लिन अनुरोध गरिएको छ ।
याडियाले विश्व बजारमा लगातार ९ वर्षसम्म बिक्रीको आधारमा नम्बर १ स्थान कायम राख्दै आएको छ । साथै, नेपालमा पनि याडियाले इलेक्ट्रिक सवारी क्षेत्रमा अग्रणी तथा उच्च प्रदर्शन गर्ने ब्रान्डका रूपमा स्थान स्थापित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्