नेभिगेशन
अर्थतन्त्र

याङ्गो राइडकोे सडक सुरक्षा ओरियन्टेसन

काठमाडौं । विश्वव्यापी कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले काठमाडौंमा बाइक चालकका लागि सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी ओरियन्टेसन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य सुरक्षित सवारी अभ्यास प्रवर्धन गर्नु, ट्राफिक नियमप्रति सचेतना बढाउनु तथा चालक र यात्रुको सुरक्षाको महत्वलाई अझ मजबुत बनाउनु हो । सो अवसरमा याङ्गो राइडले सहभागी चालकहरूलाई हेल्मेट तथा अन्य सुरक्षात्मक सामग्री पनि वितरण गरेको छ ।
काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटना र जोखिमलाई मध्यनजर राख्दै कार्यक्रम आयोजना गरिएको हो, जहाँ बाइक चालक तथा राइड–हेलिङ सेवासँग आबद्ध चालकहरूले ट्राफिक नियमको उल्लंघन, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति तथा असुरक्षित व्यवहारका कारण जोखिम सामना गरिरहेका हुन्छन् । कार्यक्रममा ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरण, जिम्मेवार सवारी सञ्चालन तथा यात्रुप्रति सम्मानजनक व्यवहारबारे प्रशिक्षण प्रदान गरिएको छ ।
याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा प्रवर्धन गर्न पाउँदा खुसी लागेको बताए ।
त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सुरक्षित सवारी बानी अपनाउनु आवश्यक रहेको धारणा राखे । उनले चालकहरूलाई जिम्मेवार र सम्मानजनक व्यवहार अपनाउन पनि आग्रह गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्