नेभिगेशन
साहित्य

संगीत र सिकाइको प्रभाव

कुनै विद्यार्थीले जब संगीतसम्बन्धी पाठ सिक्न थाल्छन्, त्यसले उनीहरूको सिकाइमा ताŒिवक फरक ल्याउँछ कि ल्याउँदैन ? ल्याउँछ भने कसरी र ल्याउँदैन भने पनि कसरी ल्याउँदैन भन्नेबारे मेरो अध्ययनको विषय थियो । 
प्रायः हाम्रो विश्वास के छ भने १० जनामध्ये ८ जनालाई संगीतका कारण विद्यार्थीको सिकाइमा साँच्चिकै प्रभाव पार्छ र बढी जान्ने बनाउँछ । सबै किसिमको ज्ञानमा संगीतको भूमिका उच्च हुन्छ । अर्थात्, संगीत सिक्ने विद्यार्थीहरू अन्य विद्यार्थीको दाँजोमा बढी जान्ने हुन्छन्, स्मार्ट हुन्छन् र उनीहरूमा सिक्ने प्रवृत्ति अलि बढी हुन्छ ।
यो हाम्रो बुझाइ मात्र हो कि वास्तवमै वैज्ञानिकरूपमै प्रमाणित कुरा हो भन्ने जान्न म इच्छुक थिएँ । किनभने, यस विषयमाथि निकै थोरै अनुसन्धान भएका छन् । अहिलेसम्मको शोधलाई हेर्ने हो भने जम्माजम्मी पाँच वटा अनुसन्धानहरू मात्र यस विषयमा भएको देखिन्छ ।
त्यसैले म र मेरो टोलीका साथीहरूले केही विद्यार्थीहरूमाथि यसको प्रयोग गरिहेर्ने निधो ग¥यौं । हामीले साना नानीहरूको तीन वटा समूह बनायौं । एउटा समूहलाई संगीतको कक्षामा हाल्यौं, अर्काे समूहलाई दृश्य कलाको कक्षामा हाल्यौं र अर्को समूहलाई संगीत र दृश्य कलाको कक्षामा नराखी सामान्य शैक्षिक कक्षामा राख्यौं । यी विद्यार्थीहरूको सिक्ने क्षमतालाई ६ सातासम्म हामीले अनुसन्धान ग¥यौं ।
यसअघिका अनुसन्धानमा आइक्यु टेस्ट मात्र लिइन्थ्यो र संगीत वा कलाले पारेको प्रभावको जाँच गरिन्थ्यो । तर यस पटक हामीले संगीतका कारणले पार्ने प्रभावका बारेमा अलि बढी गहिरो अध्ययन गर्नेबारे ठान्यौं । तीन वटै समूहलाई हामीले लिङ्विस्टिक (भाषिक), गणित विकासक्रम र स्पेसल कग्निसन (दुई आयामिक र तीन आयामिक दुवै पक्षका बारेमा) हामीले अनुसन्धान ग¥यौं ।
यसपछि हामीले परिणाम हे¥यौं र यो निकै आश्चर्यमा पार्ने किसिमको थियो । संगीतको कक्षा लिनेहरूमा ‘विशेष’ किसिमको फाइदा भएको देखिएन । अनि, संगीत कक्षा नलिएकाहरूमा पनि संगीत कक्षा लिएकाहरूले पाए जति जानकारी वा बुद्धिमता नभएको लगातारको प्रतिक्रिया वा परिणाम पाइएन ।
भनाइको अर्थ, संगीत सिक्नेमा विशेष किसिमको फाइदा पुगेर ती अघोरै जान्ने भएको कुनै लक्षण देखिएन ।
यो परिणाम नै पूर्ण हो भनेर हामी दाबी त गर्दैनौं तर यो परिणामलाई हेर्दा विगत केही दशकदेखि हामीले मान्दै आएको तथ्य, संगीतले बालबालिकाहरूलाई स्मार्ट बनाउँछ भन्ने कुरा अलि मेल खाएन । संगीत सिक्नु, जान्नु अन्य विषयजस्तै महŒवपूर्ण छ तर संगीत सिकेकै वा जानेकै कारण मानिसमा बुद्धिमता पलाउँछ भन्नु न्यायोचित हुँदैन भन्ने देखियो ।
(स्यामुएल मेहर हार्भर्ड विश्वविद्यालयमा संगीततर्फ पीएचडीका शोधार्थी हुन् ।)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्