नेभिगेशन
स्वास्थ्य

थप उपचारका लागि कांग्रेस पूर्वसभापति देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् । 

प्रतिनिधि सभाको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि उनी थप उपचारका साथै पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।

हङकङमा निर्धारित कार्यक्रम सकेपछि देउवा स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

देउवा फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्