नेभिगेशन
राजनीति

प्रधानमन्त्री कार्कीलाई उज्यालोको बधाई

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार  बालुवाटारमा भेट गरी शान्तिपूर्ण निर्वाचनका लागि बधाई दिएको हो । 
चुनाव हुनेमा धेरैतिरबाट शंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकैपटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउनसक्नु चानचुने सफलता नभएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।
अध्यक्ष घिसिङले भने, ‘तपाइँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ । यसैमा खुसी छु । यति महŒवपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ । अब संसद्मा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति