नेभिगेशन
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, चुनावी समीक्षा र सभापतिको राजीनामाबारे छलफल गरिने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुने प्रवक्ता देवराज चालिसेले बतए ।

गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन् । गत फागुन २१ को निर्वाचनमा पराजय भोगेको कांग्रेस अहिले चुनावकै समीक्षामा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति