नेभिगेशन
स्वास्थ्य

४० नाघेकाले अनिवार्य जलविन्दु जाँच गर्नुपर्ने

काठमाडौं । ‘दृष्टि चोर्ने रोग’का रूपमा परिचित जलविन्दुबारे जनसाधारणले थाहा नपाउँदा आँखा नै काम नलाग्ने अवस्थाबाट जोगाउन जनचेतनाका काम तीव्र पार्नुपर्ने देखिएको छ ।
जलविन्दु रोगले सुरुवाती चरणमा कुनै लक्षण नदेखाई विस्तारै दृष्टि क्षति गराउँदै लान्छ । आँखाभित्रको चाप बढ्दै जाँदा दृष्टि नसामा क्षति पुग्ने र अन्त्यमा स्थायी अन्धोपन हुन सक्ने जोखिम रहने उनले बताए ।
विशेष गरी ४० वर्ष नाघेका व्यक्ति, मधुमेह वा उच्च रक्तचाप भएका, लामो समय स्टेरोइड औषधी प्रयोग गर्ने र पारिवारको अग्रज कसैमा जलविन्दु भएको थियो भने अनिवार्य रूपमा नियमित आँखा जाँच गराउन उनले सुझाव दिएका छन्  । 
नेपालको पहिलो आँखा अस्पतालका रूपमा स्थापित आँखा अस्पतालमा जलविन्दुको पहिचान र उपचारका लागि आयोजित कार्यक्रमबारे जानरी दिँदै उनले सो बताएका हुन् । उनले अस्पतालमा उपचारको विशेष व्यवस्था रहेको जानकारी दिँदै हाल अस्पतालमा चार जना अनुभवी जलविन्दु विशेषज्ञबाट दिनहुँ परामर्श, लेजर उपचार तथा शल्यव्रिmया सेवा उपलब्ध गराउँदै आएको बताए ।
अहिले गाउँठाउँमा पनि सर्वसाधारणले स्मार्टफोन चलाउने र भिडियो सन्देश हेर्ने गरेको सन्दर्भमा ती समुदायसम्म पुग्न सामाजिक सञ्जाल फेसबुकमार्फत विशेषज्ञ चिकित्सकहरूको भिडियो सन्देश प्रसारण गरिएको पनि उनले बताए ।
जलविन्दु, जसलाई चिकित्सकीय भाषामा ग्लाउकोमा भनिन्छ । यो किन खतरनाक मानिन्छ भने सुरुवाती चरणमा कुनै स्पष्ट लक्षण वा पीडा देखिँदैन । धेरैले यो रोग लागेको थाहा पाउँदासम्म आँखाको ज्योति स्थायीरूपमा गुमिसकेको हुन सक्छ । विश्वभर अन्धोपन गराउने कारणमध्ये यो ऋबतबचबअत पछि दोस्रो प्रमुख कारण हो ।
जलविन्दु दुई प्रकारका हुन्छन्, वंशाणुगत वा केही कारणले हुने जलविन्दु । वंशाणुगत जलविन्दु विशेषगरी ४० वर्षभन्दा माथिका र परिवारमा इतिहास भएकामा बढी देखिन्छ । अचानक आँखा दुख्ने, रातो हुने, वान्ता आउनेजस्ता लक्षण पनि यसको लक्षण हो । यसको पहिचानको एक मात्र उपाय नियमित आँखाको परीक्षण भएकाले त्यसैले ४० वर्षपछि नियमित आँखा जाँच अत्यन्त आवश्यक रहेको उनले बताए । जलविन्दु पूर्ण रूपमा निको पार्न नसकिभ पनि समयमै उपचार गरेर यसलाई रोकथाम गर्न सकिन्छ ।
४० वर्षभन्दा माथिका मानिसमध्ये करिब २ देखि ४ प्रतिशत सम्मलाई जलविन्दु हुने अध्ययनले देखाएको हुँदा नेपालमा जलविन्दु भएका बिरामीको संख्या लाखौंमा रहेको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्