नेभिगेशन
अर्थतन्त्र

सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता

काठमाडौं । सिटिजन्स बैंकले सातै प्रदेशका १०८ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले स्मार्ट मनी टक्स २०२६ मूल नाराका साथ चैत २ देखि ८ सम्म सञ्चालन भएको ग्लोबल मनि विकका अवसरमा हजारौं सर्वसाधारणलाई लक्षित गरी वित्तीय ज्ञान प्र्रदान गरेको हो । ग्लोबल मनि विकबाट करिब ६ हजार मानिस लाभान्वित भएका छन् ।
कार्यक्रममा वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्नसमेत उक्त कायक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ प्रणाली मजबुत हुनुका साथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्