नेभिगेशन
अर्थतन्त्र

ग्लोबल मनी विकमा एनएमबि बैंकको वित्तीय साक्षरता

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । युवापुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमका क्रममा सहभागीलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजनासम्बन्धी जानकारी प्रदान गरिएको छ । बैंकद्वारा सञ्चालन गरिएका वित्तीय साक्षरता कार्यक्रममार्फत ४ हजारभन्दा बढी सहभागीहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकले देशका विभिन्न स्थानमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी तथा जनचेतनामूलक ¥याली पनि आयोजना गरेको छ । साथै बैंकले सामाजिक सञ्जालमार्फत वित्तीय सचेतनासम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरूसमेत साझा गरेको छ ।
एनएमबि बैंकले हाल देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्