नेभिगेशन
फोटो स्टोरी

पूर्वसूचनाविनै डोजर

टोखा नगरपालिका–७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको १८ वटा घरटहरामा सोमबार जिल्ला प्रशासन कार्यालयले डोजर लगाएपछिको त्यहाँ बस्दै आएकाहरुको बिचल्ली भएको छ । अतिक्रमण गरी बनाइएको घरटहरामा प्रहरी प्रशासनको सहयोगमा सोमवार डोजर चलाइएको थियो । त्यहाँ बस्दै आएकाहरुको अनुसार प्रशासन, वडा लगायत कुनै पनि निकायबाट पूर्व सूचना नआएको र मानिस घर भित्र हुँदाहुँदैको अवस्थामा डोजर चलाएको गुनासो गरेका छन् । साबिक धापासी–७ को दाहालगौंडामुनी रहेको कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी जग्गामा बनेका घरटहरामा डोजर चलाइएको हो । सोही जग्गामा करिब ३० वर्षदेखि बस्दै आएकी आशमाया तामाङका अनुसार १८ घरधुरी सुकुम्बासी छन् भने बाँकी सटरहरु चाहिँ वडाध्यक्ष नरुत्तम रानाले भाडामा दिएका छन् । उक्त सरकारी जग्गा अतिक्रमण गरी घर सटर भाडामा लगाउने काममा  वडाध्यक्ष स्वयम् संलग्न रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
सपथको उत्साह

सपथको उत्साह

बन्दाबन्दै भाँचियो पुल

बन्दाबन्दै भाँचियो पुल