नेभिगेशन
अर्थतन्त्र

फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो।

मूल्य बढेसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ भने डिजल/मट्टितेलको मूल्य प्रतिलिटर १६७ पुगेको छ। मध्यपूर्वी क्षेत्रको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको निगमले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्