नेभिगेशन
अर्थतन्त्र

विद्यार्थीलाई वित्तीय साक्षरता

काठमाडौं । कृषि विकास बैंकले ग्लोबल मनी विक अभियान २०२६ अन्तर्गत १५ सयभन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातवटै प्रदेशका १५ सयभन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
विश्वव्यापीरूपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जसअन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत गर्ने बानी, कर्जा लगानी, कर्जाको सदुपयोग, डिजिटल बैंकिङ सेवाहरु, वित्तीय ठगीलगायतका विषयमा विद्यार्थी तथा युवालाई सचेतना एवं अभिमुखीकरण गराएको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सिर्जना र दिगो विकासमा योगदान पु¥याउने प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्