नेभिगेशन
अर्थतन्त्र

सुजुकी ई–भिटाराको बुकिङ खुला

काठमाडौं । नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले बहुप्रतीक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल सुजुकी ई–भिटाराको आधिकारिक रूपमा बुकिङ खुला गरेको छ । यसको महत्वपूर्ण घोषणा बुधबार पोखरामा आयोजित वाडा अटो शोमा गरिएको हो, जहाँ कम्पनीले यसको निकै आकर्षक सुरुवाती मूल्य ४९ लाख ९९ हजार तोकेको छ ।
यो विशेष सुरुवाती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध छ र सुरुवाती भेरियन्टमा लागू हुनेछ । जापानी अटोमेकरले देशमा भित्र्याएको यो पहिलो प्रिमियम ईभी हो, जसले नेपाली विद्युतीय गाडी बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ । यो गाडी दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ किलोवाट र ६१ किलावाटमा उपलब्ध छ ।
ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी हो । सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ इभी लन्च गर्ने जानकारी पनि कम्पनीले दिएको छ । कम्पनीले ५ सय किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्