नेभिगेशन
अर्थतन्त्र

ग्लोबल मनी विकमा सिद्धार्थ बैंकका ५१ कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले विद्यार्थीलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै ग्लोबल मनी विकको अवसरमा सप्ताहभर विविध कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । ग्लोबल मनी विक २०२६ को नारा ‘स्मार्ट मनी टक्स’लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको हो ।
बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा २ हजार १७१ विद्यार्थीको सहभागिता थियो । साथै, विद्यार्थीलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरुसम्बन्धी व्यावहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४७८ विद्यार्थीलाई बैंकका विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा बैंकले कुल ५१ वटा कार्यक्रममार्फत २ हजार ६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको छ । 
देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सप्ताहभरि दैनिक रूपमा सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्रीहरुसमेत प्रकाशन गरेको थियो । वित्तीय सचेतनाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास स्वरुप बैंकद्वारा गरिएको कार्यक्रमबाट ग्लोबल मनी विक’ का मूल उद्देश्यहरू हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्