नेभिगेशन
अर्थतन्त्र

विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा

काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरु भएको घोषणा गरेको छ । अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइनेमध्ये एक हो ।
यस प्रि–अर्डर अवधिमा ग्राहकहरूले साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबी भेरियन्टका लागि विशेष अफर पनि दिएको छ । कम्पनीले तत्काल १० हजार क्यासब्याक, साओमी वाच एस ४ (४१ एमएम) र साओमी बड्स ५ फ्रि अफर दिएको हो ।
साओमी १७ अल्ट्रा किन्ने ग्राहकले बिक्रीपछि विशेष सुविधा प्राप्त गर्नेछन् । योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एकपटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्नेछन् भने नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउनेछन् । वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क लाग्ने छैन ।
साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीनवटा आकर्षक रङमा उपलब्ध छ । साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागसिप लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५०एल इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा लाइका २०० एमपी टेलिफोटो क्यामेरा जडान गरिएको छ । जसमा अत्याधुनिक ७५–१०० एमएम मेकानिकल अप्टिकल जुम पनि सपोर्ट गर्छ ।
डिभाइसमा ६ हजार एमएएच क्षमताको साओमी सर्ज ब्याट्री छ । साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबीको मूल्य १ लाख ९९ हजार ९९९ तोकिएको छ भने यसको प्रि–अर्डर अफर मार्च २५ देखि ३१ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्