नेभिगेशन
प्रवास

अष्ट्रेलियाका धनाढ्यहरूको सूचीमा पुनः शेष घले र जमुना गुरुङ

काठमाडौं । अष्ट्रेलियमा बसोबास गर्दै आएका नेपाली मूलका व्यवसायी शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका धनी व्यक्तिहरूको सूचीमा परेका छन् । द अष्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ को सूचीमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घले र उनकी श्रीमती गुरुङ यसपटक क्रमशः १५०औं र १५१औं स्थानमा पर्न सफल भएका हुन् । द अष्ट्रेलियनका अनुसार घले–गुरुङ दम्पतीको संयुक्त सम्पत्ति करिब १ अर्ब २१ करोड अमेरिकी डलर पुगेको छ ।
सन् २००९ देखि नै घले–गुरुङ दम्पती अष्ट्रेलियाका घनाढ्यहरूको सूचीमा पर्दै आएका छन् । पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा अटाएका उनीहरू करिब दुई दशकदेखि निरन्तर शीर्ष सूचीभित्र परिरहेका छन् । घले–गुरुङ दम्पती मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सह–संस्थापक हुन् । उनीहरूको मुख्य लगानी अष्ट्रेलियाको शिक्षा क्षेत्र भए पनि घरजग्गा कारोबारमा समेत लगानी गरेका छन् ।
घले–गुरुङ दम्पत्ती सन् १९९० को दशकको सुरुतिर अष्ट्रेलिया पुगेका थिए । उनीहरूले त्यहाँ पुगेर सन् १९९६ मा स्थापना गरेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीले अहिले अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित क्याम्पसहरू सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्