नेभिगेशन
अर्थतन्त्र

वाडा अटो शो २०२६ मा बीवाईडी किन्दा विशेष अफर

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ । पोखराको लेकसाइडस्थित तालबाराही चौरमा चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको छ । 
पाँच दिन चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने जनाएको छ । प्रत्येक गाडी बुकिङबापत पाइने सो स्पेसल वाडा अटो शो अफरमार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुने जनाइएको छ ।
साइमेक्स इंकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी, एक वर्षको फ्रि इन्स्योरेन्स, एक वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, फ्रि एसेसरिज र कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध गराएको जनाएको हो । बीवाईडीका सबै सवारी साधनमा कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० को प्रयोग भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्