नेभिगेशन
अर्थतन्त्र

भृकुटीमण्डपमा टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल

काठमाडौं । शंकर समूहअन्तर्गतको कम्पनी नेपालमा टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा टिभिएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गरेको छ । चैत ११ देखि सुरु भएको कार्निभलमा पहिलो दिन नै ५ सयभन्दा बढीले अवलोकन गरेका छन् ।
सहभागीले टिभिएसका सम्पूर्ण दुई पांग्रे सवारीको अवलोकन गरे, टेस्ट राइडमा सहभागी भए र आफ्ना पुराना बाइक साट्ने विकल्पहरूको मूल्यांकन गरे । ग्राहकलाई तुरुन्तै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स योजनासम्बन्धी सहयोग प्रदान गर्न विशेष परामर्श काउन्टरहरू पनि स्थापना गरिएको छ ।
कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल तथा कार्यकारी निर्देशक अखिल गुप्ताको उपस्थितिमा भएको हो । कार्यक्रममा टिभिएस मोटर कम्पनीका कन्ट्री हेड अश्विन श्रीनिवासन, ब्रान्ड एम्बेसडर प्रदीप खड्का, राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल तथा विभिन्न इन्फ्लुएन्सरहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा उत्साह थप्न कार्निभल अवधिभर उच्च ऊर्जा मनोरञ्जन तथा भीड संलग्नता गतिविधिहरू सञ्चालन गरिएको छ । प्रत्येक दिन फरक गतिविधिहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ । लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तक्र्रियात्मक खेल, स्थलमै हुने विभिन्न एक्टिभेसन, फुड स्टलहरू र निरन्तर टेस्ट राइड सत्रहरूले आगन्तुकलाई हरेक दिन नयाँ र आकर्षक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । मेला चैत १६ सम्म चल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्