नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकले काठमाडौंको चावहिल, मूलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा रहेका ताजाका बेकरी खरिद गर्दा लाग्ने शुल्कमा छुट पाउनेछन् ।
सम्झौताअनुसार नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा न्यूनतम ५ सय रुपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा बैंकका बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरीका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्