नेभिगेशन
अर्थतन्त्र

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध कार्यक्रम आयोजना गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारी लगायतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका  क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
साथै, काठमाडौँको शान्तिनगरमा रहेको निःसहाय सेवा सदनमा आहारबिहारमार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रम पनि आयोजना गरिएको छ । सानिमा रिलायन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । कम्पनीले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी छ । साथै, २२ हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्