नेभिगेशन
अर्थतन्त्र

वाडा अटो शोमा लक्ष्मी ग्रुपका विशेष अफर

काठमाडौं । नेपालमा ह्युन्डाई, फोर्थिङ र केइयी गाडीको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ । चैत ११ देखि चैत १५ सम्म तालबाराही चोक लेकसाइमा आयोजना हुने मेलामा नयाँ गाडी खरिद गर्न वा पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकका लागि सीमित अवधिको विशेष अभियान ल्याइएको छ ।
विशेष प्रदर्शनीमा ग्राहकले फोर्थिङ फ्राइडेमा ७ लाख रुपैयाँसम्मको लाभ पाउनेछन् । प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे ६४.४ किलोवाट क्षमताको उत्कृष्ट ब्याट्रीसहित उपलब्ध छ । १८५ एमएम ग्राउण्ड क्लियरेन्स र ४ सय किलोमिटरसम्मको रेन्जसहित यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा उभिएको छ ।
साथै, लक्ष्मी ग्रुपले वाडा अटो शोमा ह्युन्डाई र केइयी लाइनअपमा पनि आकर्षक अफरहरू ल्याएको छ । कम्पनीले पोखराबासीलाई आफ्नो स्टलमा आएर यस अटो एक्स्पोको अनुभव लिन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्