नेभिगेशन
अर्थतन्त्र

नेपालको स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै कोमेन

काठमाडौं । नेपालमा स्वास्थ्य सेवा सुधार र आधुनिक प्रविधि पहुँच विस्तार गर्ने दिशा अघि बढाउँदै सेन्जेन कोमेन मेडिकल इन्ट्रुमेन्टस कम्पनी (कोमेन) का अध्यक्ष यी योङको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले हालै नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ ।
कोमेन, चीनको सबैभन्दा ठूलो र तीव्र गतिमा विकास भइरहेको मेडिकल उपकरण कम्पनीहरूमध्ये एक, १५० भन्दा बढी देशमा आफ्नो उपस्थिति राख्दै विश्वभरका हजारौँ अस्पतालमा उपकरण जडान गरिसकेको छ । कम्पनीले नवप्रवर्तन, विश्वसनीयता र चिकित्सकीय प्रभावकारितामा निरन्तर लगानी गर्दै विश्वव्यापी सम्मान कमाएको छ ।
नेपालमा स्वास्थ्य क्षेत्रको तीव्र विकास र प्रविधिमैत्री समाधानको मागलाई मध्यनजर गर्दै, कोमेनले डब्लूआरजी मेडटेक सोलुसन्स प्रालिलाई आधिकारिक राष्ट्रिय वितरक (सुपर डिस्ट्रिब्युटर) र रणनीतिक साझेदारको रूपमा नियुक्त गरेको छ । नयाँ संरचनाअनुसार डब्लूआरजी मेडटेकले सब–डिस्ट्रिब्युटर र च्यानल पार्टनरहरूसँग समन्वय गर्दै बजार विकास, वितरण रणनीति, प्राविधिक सहयोग र बिक्रीपछिको सेवा व्यवस्थापन गर्नेछ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख अस्पतालहरूको अवलोकन गर्दै चिकित्सक, क्लिनिकल विशेषज्ञ र अस्पताल व्यवस्थापनसँग प्रत्यक्ष अन्तक्र्रिया गरेको छ । बिरामी निगरानी, आईसीयू समाधान, क्रिटिकल केयर र नवजात शिशु स्याहारसम्बन्धी अत्याधुनिक उपकरणहरूको प्रस्तुति स्वास्थ्यकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।
कोमेनका अध्यक्ष यी योङले भने, ‘नेपालप्रतिको हाम्रो प्रतिबद्धता केवल उपकरण आपूर्तिमा सीमित छैन, शिक्षा, तालिम र प्राविधिक सहयोगमार्फत दीर्घकालीन क्लिनिकल साझेदारी विकास गर्ने लक्ष्य राखिएको छ ।’
डब्लूआरजी मेडटेकले देशभर भरपर्दो सेवा सञ्जाल निर्माण गर्दै स्वास्थ्य सेवा प्रदायकहरूसँग नजिकबाट सहकार्य गर्ने योजना अघि बढाएको छ, जसले उपकरणहरूको सहज आपूर्ति र मर्मतसम्भार सुनिश्चित गर्नेछ । यस साझेदारीले नेपालमा गुणस्तरीय मेडिकल उपकरणको उपलब्धता बढाउने र स्वास्थ्य सेवाको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्