नेभिगेशन
मनोरञ्जन

मिस विभा २०२५ को विजेता बनिन् जेसिका सिंह ठकुरी

काठमाडौंस्थित होटेल याक एण्ड यतीमा गएको साता सम्पन्न एक कार्यक्रममा मिस विभा–मिस ग्रान्ड नेपाल २०२५ सम्पन्न भएको छ । 

उक्त सौन्दर्य प्रतियोगितामा जेसिका सिंह ठकुरी विजेता बनिन् भने फस्ट रनरअप निशिता जोशी बनिन् । त्यस्तै गरेर सेकन्ड रनरअप निशा श्रेष्ठ बनेकी छन् । 

विजेता ठकुरीले विश्वकै शीर्ष सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सन् २०२० देखि सौन्दर्य प्रतियोगिता मिस विभा आयोजना गर्दै आएको उमङ्ग क्रिएसनका प्रमुख उद्धव अधिकारीका अनुसार यस प्रतियोगितामा विजेता
हुनेले ‘मिस ग्रान्ड इन्टरनेसनल’ प्रतियोगितामा ८० भन्दा बढी देशका प्रतियोगीहरू सहभागी
हुनेछन् । 

भव्य आयोजना, मिडिया प्रभाव र सामाजिक सन्देशका कारण यो प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रूपमा चिनिएको छ ।

अधिकारीका अनुसार थोरै अन्तरले उपविजेता बनेका व्यवस्थापनका ग्राजुएट निशिता जोशीको क्षमताको उचित मूल्याङ्कन गर्दै उनी लगायत अरु रनरअपहरूको समानान्तर रूपमा वृत्ति विकासको व्यवस्था गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्