नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा आज पद तथा गोपनीयताको शपथ लिएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित संघीय संसद् भवनमा अधिकांश सांसदहरू भिन्न–भिन्न भेषभूषामा उपस्थित भए । शपथको भाषामा पनि विविधता देखियो । कसैले मातृभाषा त कसैले नेपालीमा शपथ लिए । हिमाल, पहाड, तराईको प्रतिनिधित्व भेषभूषा र शपथमा देखियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह सिलाम साक्मा लगाएर सहभागी भए । किराती संस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतको रूपमा लिइन्छ । यसलाई मृत्यु वा अपशकुनको बाटो छेक्ने पवित्र चिह्न मानिन्छ । रास्वपा १८२ सिटसहित प्रतिनिधिसभामा उपस्थित हुँदा राई, लिम्बूको प्रतिनिधित्व नभएको आलोचना आएपछि सभापति रवि लामिछानेले माफी मागिसकेका छन् ।
यस पटक नेपाली बाहेकका भाषामा शपथ लिने सांसदको संख्या ६४ छ, उनीहरूले १८ वटा भाषामा शपथ लिए । उनीहरूले मैथिली, नेपाल भाषा, थारु, डोटेली, बझांगी, भोजपुरी, कठरिया थारु, राना थारु, संस्कृत, छन्त्याल, मगही, बान्तवा, बज्जिका, चाम्लिङ, तामाङ, अवधि, लिम्बू, मगर खाम भाषामा शपथ लिए ।
प्रतिनिधिसभामा १६५ जनाका लागि निर्वाचन हुन्छ भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । ११० सिटलाई शतप्रतिशत मानेर खसआर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम समुदायका लागि सिट आरक्षण गरिएको छ । प्रतिनिधिसभाको हल तयार नभएपछि निर्माणाधीन भवनको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रतिनिधिसभा हलको रूपमा प्रयोग गरिएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)