नेभिगेशन
राजनीति

नवगठित पहिलो मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण निर्णय लिइने

काठमाडौं । नवगठित बालेन शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने भएको हो । 

बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने जानकारी प्राप्त भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्