नेभिगेशन
राजनीति

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक सुरु गरेको छ । बैठक केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुरु भएको हो ।

बैठकका लागि पदभार ग्रहण सकेका मन्त्रीहरू क्रमशः सिंहदरबार पुग्दै बैठकमा सहभागी भइरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका हुन् भने नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

बैठकमा सरकारले अगाडि बढाउने केही महत्त्वपूर्ण निर्णयहरू लिइने अपेक्षा गरिएको छ । हालसम्म धेरै मन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलो निर्णय सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्