नेभिगेशन
अर्थतन्त्र

वीरगन्ज नाकाबाट झन्डै ६ खर्बको आयात

पर्सा । चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा वीरगन्ज नाका हुँदै पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्यबराबरका वस्तु तथा सामान भित्रिएका छन् । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५८ अर्ब ९१ करोड अर्थात् ११ प्रतिशत बढी मूल्यका सामान भित्रिएको हो ।
गत आवको सात महिनामा पाँच खर्ब ३६ अर्ब ५५ करोड मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए ।
वीरगन्ज हुँदै चालु आवको सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड मूल्य पर्ने पाँच थरीका पेट्रोलियम पदार्थ आयात भएको छ भने सोही अवधिमा ५२ अर्ब ७५ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानको आयात भएको छ । साथै, ४२ अर्ब ४८ करोड मूल्य पर्ने मेसिनरी पार्टपुर्जा, ४१ अर्ब २० करोड मूल्य पर्ने भटमासको कच्चा तेल, ३० अर्ब ९१ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, २८ अर्ब ५९ करोड मूल्य पर्ने मलखाद र २३ अर्ब ७१ करोड मूल्य पर्ने कपडा आयात भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्