नेभिगेशन
अर्थतन्त्र

मस्र्याङ्दी जलविद्युत्को उत्पादनमा कमी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ । सुक्खायामका कारण नदीमा पानीको प्रवाह कम भएपछि हाल ४२ मेगावाट मात्र उत्पादन भएको जलविद्युत् केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए ।
‘नदीमा पानी कम भएपछि दिउँसोको समयमा उत्पादन घट्ने गरेको छ,’ उनले भने, ‘तर साँझ र बिहानको ‘पिक आवर’मा माग धान्न दिउँसो पानी रिजर्भ गरेर ७० देखि ७२ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेका छौँ ।’ सन् १९८९ मा निर्माण सम्पन्न भएको आयोजनाबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्