नेभिगेशन
राजनीति

ओली पक्राउपछि एमाले सचिवालय बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए ।

भदौ २३ र २४ जेनजी आन्दोलन घटनाबारे छानविन आयोगको प्रतिवेदनअनुसार नवगठित सरकारले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

ओलीलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्