नेभिगेशन
राजनीति

एमाले महासचिव शंकर पोखरेलको चेतावनी– ‘प्रतिशोधको राजनीति महंगो पर्ला, ओलीलाई अबिलम्ब रिहा गर्नु’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति कडा शब्दमा टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' लाई चेतावनी दिँदै लेखेका छन्, ‘प्रतिशोधको राजनीति महंगो पर्ला, ओलीलाई अबिलम्ब रिहा गर्नु’ ।

उनले पक्राउ परेका ओलीको अबिलम्ब रिहा गर्न माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्- पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ । जिम्मेवार बन, अबिलम्ब रिहा गर ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्