नेभिगेशन
राजनीति

सरकारको प्रतिशोध र पूर्वाग्रही कदमविरुद्ध सशक्त प्रतिवाद गर्ने प्रदीप ज्ञवालीको चेतावनी

काठमाडाैं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधेको बताएका छन् ।

उनले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । ज्ञवालीले एमालेविरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने समेत संकेत गरे । यसबाट सत्तापक्ष र प्रतिपक्ष बीचको दूरी अझ बढ्ने देखिएको छ ।

अध्यक्ष ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्