नेभिगेशन
अर्थतन्त्र

बालेन सरकारबाट शेयर लगानीकर्तामा निराशा, नेप्सेमा ७१ अंकको गिरावट

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन पछि सेयर बजारमा उछाल आउने विश्वासमा रहेका लगानीकर्ताहरू निराश बनेका छन् । लगानीकर्ताहरू हतोत्साहित हुँदा सेयर बजारमा उच्च अंकको गिरावट आएको छ।

जेनजी आन्दोलनको विषयलाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ओली र लेखक प्रकाउ परेपछि सडकमा विरोध प्रदर्शन सुरू भएको छ। आन्दोलन सुरू भएपछि लगानीकर्ताहरू हतोत्साहित देखिएका हुन्। उनीहरू पर्ख र हेरको अवस्थामा छन्।

सरकार गठन पछिको पहिलो कारोबार दिन आइतबार कारोबार सुरू हुने बित्तिकै सेयर बजारले ओरालो यात्रा तय गरेको थियो। दिनभर उचारचढावमा रहेको बजार अन्तमा ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा अडिएको छ।

यसदिन ३३३ वटा स्क्रिप्सको ३ करोड ५२ लाख ४८ हजार  ३९७ कित्ता सेयर १५ अर्ब ३ करोड ३३ लाख १० हजार  ८६७ रुपैयाँमा खरिदबिक्री भए।

उच्च अंकले घटेको बजारमा  चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स,सुपर खुदी हाइड्रोपावर , रिज लाइज इनर्जी र  सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सेयर १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा रिडी  पावर शीर्षस्थानमा रह्यो।  सो कम्पनीले ७१ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो। नगदी  ग्रुप पावरले ५२ करोडको सेयर कारोबार गर्दा सोलु हाइड्रोपावरको ४८ करोड,शिवम् सिमेन्टले ४७ करोड र नेसनल हाइड्रो पावरको ४६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा २५५ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो। १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्