नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकको नयाँ क्यालेन्डर

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । परम्परागतरूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरूप डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।
महŒवपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभसाइत तथा विक्रम संम्वत्, नेपाल संम्वत् तथा अंगे्रजी संम्वत्का मितिलगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताका लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतिलाई संर्वधन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा ३१ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाख ५० हजारभन्दा बढी ग्राहक छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्