नेभिगेशन
अर्थतन्त्र

दि निलय होटल्सको साधारण सभा

काठमाडौं । दि निलय होटल्सको प्रथम वार्षिक साधारण सभा आइतबार धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
यसैगरी सभाले आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको जनाएको छ । सभाले कम्पनीको भावी विस्तार तथा दीर्र्घकालीन विकासलाई लक्षित गर्दै शेयरको प्रारम्भिक सार्वजनिक निष्कासनसम्बन्धी प्रक्रिया अघि बढाउने, आवश्यक पुँजी संकलन, ऋण व्यवस्थापन तथा रणनीतिक साझेदारी गर्ने, अन्य कम्पनीहरूसँग संयुक्त लगानी, सहकार्य वा आवश्यकताअनुसार मर्जर तथा अधिग्रहण गर्न सक्ने जस्ता महŒवपूर्ण प्रस्तावहरू पारित गरेको छ । 
सभामा कम्पनीको स्थापना, हालसम्मको प्रगति, वित्तीय अवस्था र आगामी रणनीतिक योजनाबारे विस्तृत जानकारी दिइएको छ । कम्पनीले चारतारे स्तरको वर्गीकरण प्राप्त गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार विकास गरिरहेको पनि जनाएको छ । पर्यटन क्षेत्रप्रति प्रतिबद्ध दि निलय होटल्सले उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा दिगो पर्यटन अभ्यासलाई प्रवर्धन गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्