नेभिगेशन
अर्थतन्त्र

यमाहा नेपालको ‘नाउ आई एम ७१.३३ केएमपीएल’ अभियान

काठमाडौं । विश्वभर इन्धनको मूल्य उच्च विन्दुमा पुगिरहेको वर्तमान समयमा, यमाहा नेपालले आधिकारिक रूपमा आफ्नो अहिलेसम्मको सबैभन्दा प्रभावशाली अभियान ः ‘नाउ आई एम ७१.३३ केएमपीएल’ सार्वजनिक गरेको छ । यो अभियान नेपालको बजारमा हाइब्रिड प्रविधिलाई सफलरूपमा अपनाइएको र स्थापित गरिएको खुसियालीमा ल्याइएको हो । नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरको रूपमा, यमाहा रेजेडआर १२५–एफआई हाइब्रिड अब एक रोजाइ मात्र नभई, अनिश्चित अर्थतन्त्रमा हजारौं चालकहरूका लागि एउटा भरपर्दो समाधान बनेको छ ।
दैनिक यात्रा गर्नेहरूका लागि पेट्रोलको प्रत्येक लिटरले जीवनका अन्य अत्यावश्यक आवश्यकता र गतिशीलता बीचको छनोटलाई प्रतिनिधित्व गर्छ । विश्वव्यापी रूपमा इन्धनको लागत बढ्दै जाँदा, ट्यांकी भर्दाको मानसिक र आर्थिक तनाव पहिले कहिल्यै यति धेरै भएको थिएन । यमाहा नेपालले बुझेको छ कि चालकहरू केवल एउटा स्कुटर मात्र खोजिरहेका छैनन्, उनीहरू आर्थिक सहजता पनि खोजिरहेका छन् ।
साधारण १२५ सीसीका स्कूटरले औसत ४०–४५ किमी माइलेज दिन्छन् भने रेजेडआर हाइब्रिडको एआरएआई प्रमाणितले ७१.३३ किमीको माइलेज प्रदान गर्छ । सहरको नियमित यात्रामा, यो कार्यक्षमताले चालकको गोजीमा हजारौं रुपैयाँ फिर्ता गरिदिन्छ । जसले ३ वर्षको अवधिमा इन्धन बचतमार्फत मात्रै स्कूटरको लागतको १ लाख रुपैयाँभन्दा बढी बचत गरिदिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्