नेभिगेशन
फोटो स्टोरी

चक्रपथमा निजी स्कुलका बसको र्‍याली

निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ ।

विद्यालय शिक्षा विधेयकबाट 'पूर्ण छात्रवृत्ति' र 'क्रमश: गैरनाफामूलक बनाउने' भन्ने शब्द हटाउन माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।

IMG-20250901-WA0032-1756719340.jpg

IMG-20250901-WA0034-1756719336.jpg

Private-school-protest_-(2)-1756719333.jpg

IMG-20250901-WA0046-1756718987.jpg

Private-school-protest_-(7)-1756718986.jpg

Private-school-protest_-(4)-1756718941.jpg

Private-school-protest_-(3)-1756718942.jpg

IMG-20250901-WA0044-1756718883.jpg

IMG-20250901-WA0038-1756718878.jpg

IMG-20250901-WA0036-1756718877.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्