नेभिगेशन
साहित्य

‘बखान’ उपन्यास पुरस्कृत

चितवन । यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’लाई प्रदान गरिएको छ । 
    साहित्य सङ्गम चितवनले यहाँ आयोजित कार्यक्रममा पराजुलीलाई २० हजार रुपैयाँ नगदसहित दोसल्ला, सम्मानपत्रले सम्मान गरेको हो । त्यस अवसरमा वक्ताहरुले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रियस्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राखेका थिए ।
प्राध्यापक डा कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर सङ्गम प्रस्तुत भएको बताए । कार्यक्रममा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईँ लगायतले कृतिका बारेमा धारणा राखेका थिए ।
साहित्यकार अनिल शर्मा ‘विरही’ले ‘बखान’ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महŒव झल्काएको बताए । पराजुलीका बखानबाहेक तीनवटा कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
सत्तामा लेखक

सत्तामा लेखक

डेढ सय वर्षपछि लेखकीय श्रेय

डेढ सय वर्षपछि लेखकीय श्रेय