नेभिगेशन
फोटो स्टोरी

सेतो मच्छिन्द्रनाथ

सेतो मच्छिन्द्रनाथको रथ आइतबार लगनटोलमा । बर्सेनि चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पु¥याउने गरिन्छ । रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीडसमेत लागेको छ । यात्राको तेस्रो दिन हनुमानढोका दरबार क्षेत्रबाट चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै रथ तानेर लगनसम्म लगिएको हो । पहिलो दिन असन र दोस्रो दिन अर्थात् रामनवमीमा हनुमानढोका दरबार क्षेत्रमा पु¥याउने गरिन्छ । रथजात्राको अन्तिम दिन सोमबार मछिन्द्रनाथको मूर्तिलाई रथबाट निकाली खटमा राखी पुनः मछिन्द्रबहाल पु¥याउने गरिन्छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
सपथको उत्साह

सपथको उत्साह